काठमाडौं। ग्लोबल आइएमई बैंकले साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समिति बैठकले मंसिर २७ गते साधारण सभा गर्ने निर्णय गरेको हो।
साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज मिति तोकिएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर दिने निर्णय यसअघि नै गरिसकेको छ।
साधारण सभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन्।