सुजुकीले भिटारालाई विद्युतीय गाडी बनाउने, भारतमा जनवरीमा सार्वजनिक गर्ने

बिजमाण्डू
२०८१ कात्तिक २० गते १०:०८ | Nov 5, 2024
सुजुकीले भिटारालाई विद्युतीय गाडी बनाउने, भारतमा जनवरीमा सार्वजनिक गर्ने

काठमाडौं । सुजुकीले भिटारालाई विद्युतीय गाडी (इभी) बनाउने भएको छ। कम्पनीले उक्त गाडी आगामी जनवरीमा दिल्लीमा हुने भारत मोबिलिटी शोमा देखाउने योजना बनाएको छ।

Tata
GBIME
NLIC

सन् २०२५ को मार्चमा यो गाडीको ‘प्रोडक्सन युनिट’ सार्वजनिक गर्ने कम्पनीको तयारी छ। प्रोडक्सन लाइनमा जाने गाडीको ‘कन्सेप्ट’ भने इटलीको मिलानमा सार्वजनिक भइसकेको छ। यसले टाटा कर्भ इभी, एमजी जेडएस इभी र आँउदै गरेको हुन्डाई क्रेटा इभी र महिन्द्राको बीई जेरो फाइभसँग प्रतिस्पर्धा गर्नेछ।

यो गाडी भारतमा मात्रै नभइ ‘ग्लोबल मार्केट’कै लागि पनि तयार हुने कम्पनीले जनाएको छ। यसलाई सुजुकीको गुजरात प्लान्टमा निर्माण गरिनेछ। ५० प्रतिशत गाडी जापान र युरोपको बजारमा निर्यात हुनेछन्।

ई भिटारा दुई वटा ४९ किलोवाट प्रतिघण्टा र ६१ किलोवाट प्रतिघण्टा क्षमताको हुनेछ। यो अल ह्वील ड्राइभ डुअल मोटरमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ। यसमा लिथियम आइरन फोसफेट ब्लेड सेल हुनेछ जुन बिवाइडीले निर्माण गरेको हो। अन्य कम्पनीहरुले ब्याट्री सेल आयात गर्थे भने यसले ब्याट्री प्याक नै बिवाइडीसँग आयात गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसार ६१ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ५०० किलोमिटर रेन्ज प्रदान गर्नेछ।

४९ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री प्याक भएको गाडीले सिंगल मोटरले १४४ हर्स पावर र ६१ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री प्याक भएको गाडीले १७४ हर्स पावर उत्पादन गर्छ। दुबै भर्सनले १८९ एनएम टर्क उत्पादन गर्छ।

यसमा सेफ्टीको लागि एडास फिचर पनि उपलब्ध हुनेछ। जसमा एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट जस्ता फिचरहरु हुनेछन्। यस्तै हिल डिसेन्ट कन्ट्रोल, वायरलेस फोन चार्जर, एसी कन्ट्रोल, एप्पल कारप्ले, ६ एयरब्याग, हिटेड मिरर पनि छन्।
यो गाडीको मूल्य भारतमा भारु २० लाखदेखि ३० लाखसम्म पर्ने अनुमान गरिएको छ।