इभीको क्रेज बढ्दा बीवाइडीले टेस्लालाई पहिलोपटक उछिन्यो, आम्दानी २८.२ बिलियन डलर

बिजमाण्डू
२०८१ कात्तिक १९ गते १५:५२ | Nov 4, 2024
इभीको क्रेज बढ्दा बीवाइडीले टेस्लालाई पहिलोपटक उछिन्यो, आम्दानी २८.२ बिलियन डलर

काठमाडौं। चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडी इंकले तीन महिनामा २८.२ बिलियन डलर आम्दानी गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले यो वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म गत वर्षको सोही अवधिको तुलनामा २४ प्रतिशत बढी आम्दानी गरेको हो।

बीवाइडी तीन महिनामा एलन मस्कको कम्पनी टेस्लाले भन्दा बढी आम्दानी गर्न सफल भएको हो। टेस्लाले तीन महिनामा २५.२ बिलियन डलर आम्दानी गरेको थियो।

बीवाइडीलाई चीन सरकारको सहयोग छ। चीनमा सबैभन्दा बढी कार बिक्री गर्ने कम्पनी बीवाइडी हो।

बीवाइडी लगायत चिनियाँ कार निर्मातालाई त्यहाँको सरकारले अनुदान दिएर संरक्षण गरेको विरोधस्वरुप अन्य देशले कर बढाउन थालेका छन्।

यो हप्ताको सुरुमा युरोपियन युनियनले चीनमा निर्मित इभी आयातमा ४५.३ प्रतिशतसम्म कर लगायो। युरोपियन युनियन विद्युतीय कार उद्योगका लागि सबैभन्दा ठूलो विदेशी बजार हो। चिनियाँ इभी निर्माताले अमेरिका र क्यानडामा १०० प्रतिशत कर सामना गरिरहेका छन्।