काठमाडौं। पछिल्लो एक महिनामा सेयर बजार परिसूचक २१३.२२ अंकले बढ्दा अधिकांश फाइनान्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सेयर मूल्य धेरै बढ्ने १० कम्पनीमा ७ वटा फाइनान्स छन्। अरु तीनवटा हाइड्रोपावर कम्पनी हुन्।
गत असोज १३ गत नेप्से २४६४.४० विन्दुमा थियो। त्यससता बजार बढेर २६७७.६२ विन्दुमा पुगेको छ। यस अवधिमा १० कम्पनीको सेयर मूल्य न्यूनतम २६.२७ देखि अधिकतम ७२.९० प्रतिशत वृद्धि भएको छ।
सेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, जानकी फाइनान्स, सेन्ट्रल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, डोल्टी पावर कम्पनी, बेष्ट फाइनान्स, गृहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स र मल्टिपर्पोज फाइनान्स छन्।
यी १० कम्पनीको औसत सेयर मूल्य ४०.२८ प्रतिशतले वृद्धि भएको छ। असोज १३ गतेसम्म यी दश कम्पनीहरुको औसत सेयर मूल्य ६३१.९८ रुपैयाँ रहेकोमा कात्तिक १४ गतेसम्म आइपुग्दा ८९३.३८ रुपैयाँ पुगेको छ। यस अवधिमा सेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा कम्पनी पिपुल्स हाइड्रोपावर हो।
असोज १३ गते कम्पनीको सेयर मूल्य प्रति कित्ता ३१७ रुपैयाँ रहेकामा कात्तिक १४ गतेसम्म आइपुग्दा २३१.१ रुपैयाँ बढेर ५४८.१० रुपैयाँ पुगेको छ।
त्यसैगरी, समृद्धि फाइनान्सको सेयर मूल्य ५३.२२, कुथेली बुखुरी हाइड्रोपावर कम्पनीको ४९.९८, जानकी फाइनान्सको ४२.४७, सेन्ट्रल फाइनान्सको ३३.२०, प्रोगेसिभ फाइनान्सको ३५.२९ प्रतिशत, डोल्टी पावर कम्पनीको २९.२०, बेष्ट फाइनान्सको ३१.०४, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको २९.२३ र मल्टिपर्पोज फाइनान्सको २६.२७ प्रतिशत वृद्धि भएको छ।
सेयर मूल्यमा उछाल आएका फाइनान्समध्ये तीन वटाको वित्तीय अवस्था नाजुक छ। चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार तीन वटा फाइनान्स नोक्सानीमा छन्।
नाफा कमाएका फाइनान्समध्ये जानकी फाइनान्सको खराब कर्जा ३४.६४ प्रतिशत छ। सेयर मूल्य उल्लेख्य बढेका तीन हाइड्रोपावर कम्पनीले चालु वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। एक महिनामा ७२.९० प्रतिशतले सेयर भाउ बढेको पिपुल्स हाइड्रोपावर गत असारसम्म घाटामा छ।
एक महिनामा सेयर मूल्य धेरै बढेका कम्पनी र तिनीहरुको वित्तीय अवस्था
कम्पनी | कात्तिक १४ गतेको सेयर मूल्य | असोज १३ गतेको सेयर मूल्य | सेयर मूल्य वृद्धिदर (प्रतिशतमा) | खराब कर्जा (प्रतिशतमा) | नाफा (रु दश हजारमा) | प्रति सेयर आम्दानी (रुपैयाँमा) |
पिपुल्स हाइड्रोपावर | ५४८.१ | ३१७ | ७२.९० | – | -७६,७३८.५४ (२०८०/८१) | -२.४ (२०८०/८१) |
समृद्धि फाइनान्स | ७७९.९ | ५०९ | ५३.२२ | २३.४७ | -१८,२०५ (चालु वर्षको पहिलो त्रैमास) | -२.२२ (चालु वर्षको पहिलो त्रैमास) |
कुथेली बुखरी स्मल हाइड्रोपावर | २ ८४९ | १ ८९९.६ | ४९.९ ८ | – | १५,७५७. ८४ (२०८०/८१) | १२.९३ (२०८०/८१) |
जानकी फाइनान्स | ७५०. ८ | ५२७ | ४२.४७ | ३४.६४ | ६९०५५.८६७ (चालु वर्षको पहिलो त्रैमास) | ४० (चालु वर्षको पहिलो त्रैमास) |
सेन्ट्रल फाइनान्स | ६७० | ५०३ | ३३.२० | ८.७१ | ४९,५१२.२६ (चालु वर्षको पहिलो त्रैमास) | २०.८७ (चालु वर्षको पहिलो त्रैमास) |
प्रोग्रेसिभ फाइनान्स | ६९० | ५१० | ३५.२९ | ७.४७ | ८०,९४०.२१ (चालु वर्षको पहिलो त्रैमास) | ३८.१७ (चालु वर्षको पहिलो त्रैमास) |
डोल्टी पावर कम्पनी | ६१५ | ४७६ | २९.२० | – | -५१,५९२.३ ८ (२०८०/८१) | -९.६२ (२०८०/८१) |
बेष्ट फाइनान्स | ६४५ | ४९२.२ | ३१.०४ | ३.९ ८ | – ८,६४१.८८ (चालु वर्षको पहिलो त्रैमास) | -०.९७ (चालु वर्षको पहिलो त्रैमास) |
गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स | ६४१ | ४९६ | २९.२३ | १३.५६ | -११३,३६९.०० (चालु वर्षको पहिलो त्रैमास) | -११.२ (चालु वर्षको पहिलो त्रैमास) |
मल्टिपर्पोज फाइनान्स | ७४५ | ५९० | २६.२७ | ४.९७ | १४,७७४. ८७ (चालु वर्षको पहिलो त्रैमास) | ९.६९ (चालु वर्षको पहिलो त्रैमास) |