विराटनगर। जुवा खेल्दै गरेका १० जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ। ५ बुङ ताससहित जुवा खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगर-११ को संगम पार्टी प्यालेसमा प्रहरीले धरपकड गरेको हो। डीएसपी वेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा पार्टी प्यालेस सञ्चालक पदम श्रेष्ठसहित राजन कँडेल, टुनटुन शर्मा, पशुपति भगत, सुरेन्द्र ठाकुर, वीरेन्द्र साह, ध्रुव सिग्देल, मनिराज प्रसाईं, बाबुराम कट्टेल र लीला सहनी छन्।
तिहारको मौका पारेर जुवा खेल्नेमाथि मोरङ प्रहरीले निगरानी बढाइएको जनाएको छ।