काठमाडौं। सानिमा बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन बिगमार्टसँग सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले बिगमार्टमा १०% वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
छुट प्राप्त गर्न बैंकका ग्राहक सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। यो अफर कात्तिक १५ देखि १८ सम्म लागू हुने बैंकले जनाएको छ।