काठमाडौं। स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्ता पुँजीको २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकले ६.५ प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। बैंकको चुक्ता पुँजी हाल ९ अर्ब ४२ करोड रुपैयाँ छ।
बैंकको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नुका साथै साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। बैंकले गत वर्ष १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।