नेपाली सेनाको नेतृत्वमा आजदेखि सिग्देल, राष्ट्रपतिले प्रदान गरे प्रधानसेनापतिको दर्ज्यानी चिह्न



बिजमाण्डू
२०८१ भदौ २४ गते ११:५७ | Sep 9, 2024
नेपाली सेनाको नेतृत्वमा आजदेखि सिग्देल, राष्ट्रपतिले प्रदान गरे प्रधानसेनापतिको दर्ज्यानी चिह्न
नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देल शपथ लिंदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

Tata
GBIME
Zonsen

राष्ट्रपति पौडेलले शीतल निवासमा सोमबार एक समारोहबीच नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न पाएसँगै सिग्देलले पद तथा गोपनीयताको शपथ लिए। 

उनी नेपाली सेनाका ४५औं प्रधानसेनापति हुन्। उनले गत साउन २५ गतेदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले पदावधि समाप्त भई अनिवार्य अवकाश पाएका कारण सिग्देलले सेनाको कमान्ड गर्ने जिम्मेवारी पाएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई शपथ गराउँदै

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय भाका अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सहभागी थिए।