काठमाडौं। सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। नेप्से परिसूचक आइतबार २५.४६ अंकले घटेको छ।
बजार खुलेको डेढ घण्टामा बढेर २७५९ अंकमा पुगेको नेप्से अन्तिममा २७०१.९० विन्दु कायम भएको हो। लघुवित्त, उत्पादनमूलक र म्युचुअल फण्डबाहेकका बाँकी उपसमूहले नेप्से घटाएका हुन्।
बजारमा १५७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। थ्री स्टार हाइड्रोपारको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
८५ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। बजारमा १० अर्ब १२ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुनेमा सीईडीबी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनी छ। यो कम्पनीको ४२ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको हो।