एनसेलले ल्यायो टिकटक प्याक, १७५ रुपैयाँमा ७ दिनसम्म अनलिमिटेड चलाउन पाइने



बिजमाण्डू
२०८१ भदौ २२ गते १४:०६ | Sep 7, 2024
एनसेलले ल्यायो टिकटक प्याक, १७५ रुपैयाँमा ७ दिनसम्म अनलिमिटेड चलाउन पाइने

काठमाडौं। एनसेलले टिकटक प्याक संचालनमा ल्याएको छ। एनसेलले शुक्रबारदेखि टिकटक प्याक संचालनमा ल्याएको हो।

Tata
GBIME
Zonsen

साथै, सबै सधैँ अनका प्याकहरूमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरिएको कम्पनीले जनाएको छ।

ग्राहकहरूले करसहित १७५ रुपैयाँमा ७ दिनसम्म अनलिमिटेड टिकटक चलाउन पाउने एनसेलले विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसमा अन्य प्रयोजनका लागि ग्राहकले इन्टरनेट प्रयोग गर्न २ जीबी डेटा पनि प्राप्त गर्नेछन्।

सरकारबाट टिकटकको प्रयोगमा लगाइएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरूमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो। सधैं अन प्याकहरूमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन्।

‘नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाइएको रोक हटाइनु दूरसञ्चार क्षेत्र र ग्राहक सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसीनले भने।

एनसेलले सधैँ अन योजनाअन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन प्रकारका प्याकहरू प्रदान गर्दै आएको छ। बेसिकमा सात दिन समयसीमा रहेको सधैँ अन प्याकमा ग्राहकहरूले अन्य बन्डल सेवाहरू बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन्।

त्यसैगरी, सधैँ अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरूमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन्। सधैँ अन अनलिमिटेड प्याकहरू अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ।