काठमाडौं। पशुपती रिन्युएबल्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा पशुपती रिन्युएबल्सका अध्यक्ष डा. संदिप शाह र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।
नियामक निकायबाट तोेकिएका आवश्यकता पूरा गरी यथासम्भव छिटो आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने बताएको कम्पनीले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
वैकल्पिक उर्जामा लगानी गर्न स्थापना भएको कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना र १५ मेगावाटको धरमनगर सोलार फार्म–दोस्रो योजना निर्माण गरिरहेको छ।