बैंक कर्मचारीको खातामा अस्वाभाविक रकम, प्रहरीको अनुसन्धानपछि अदालतमा मुद्दा



बिजमाण्डू
२०८१ भदौ १७ गते ११:२३ | Sep 2, 2024
बैंक कर्मचारीको खातामा अस्वाभाविक रकम, प्रहरीको अनुसन्धानपछि अदालतमा मुद्दा
फाइल फोटो

काठमाडौं। बैंककी शाखा प्रवन्धक तृप्ति राणा विरुद्ध नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर भएको छ।

Tata
GBIME
Zonsen

कुमारी बैंकको ललितपुर कुमारीपाटीमा रहेको शाखामा अधिकृत रहेकी ५१ वर्षीया राणामाथि नेपाल प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

उनीसँगै बुटवल मनिट्रान्फरका प्रबन्धक ५३ वर्षीय सहदेव विक्रम शाहलाई पनि प्रतिवादी बनाइएको छ। दुवै जना फरार रहेको भन्दै खोजी सुचीमा राखिएको छ।

बैंकको कर्मचारी खाता सञ्चालन निर्देशिका-२०१३ बमोजिम, बैंकका कुनै पनि कर्मचारीले बैंकमा रहेको कर्मचारी बचत खातामा बैंकले भुक्तानी दिने तलब, भत्ता सुविधा बापतको रकम बाहेक अन्य व्यक्तिबाट प्राप्त रकम जम्मा गर्दा र सोही निर्देशिकाको संशोधित व्यवस्था अनुसार कर्मचारी खातामा अन्य तेस्रो व्यक्तिबाट १० हजार रुपैयाँ भन्दा माथिको रकम जम्मा गरेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ।

बैंकको मानव संसाधन विभागलाई त्यसको पूर्व जानकारी दिनु पर्ने व्यवस्था रहेकोमा बैंकले गर्ने अनुगमनको क्रममा हेर्दा मात्र  तृप्ति राणाको कर्मचारी खातामा बैंकले भुक्तानी दिएको बाहेक ठुलो मात्राको रकम पटक पटक जम्मा भएको देखिएको थियो।

नगद नै रकम जम्मा गर्ने र नगद नै झिक्ने बारम्बार देखिएपछि बैंकले प्रहरीलाई अनुसन्धान गर्न निवेदन दिएको थियो।

उनको खातामा १७ लाख ९३ हजार ५६० रुपैयाँ मनिट्रान्फरकाका प्रबन्धक सहदेव विक्रमका कर्मचारीले जम्मा गरेको देखिएको छ। तर बयानमा खातामा भएको अन्य रकम अष्ट्रेलियमा रहेका बुबाले पठाएको बयान राणाले दिएकी छिन्। गत असार ४ गते बैंकले प्रहरीमा अनुसन्धानको लागि पत्राचार गरेको थियो।

राणाको कुमारी बैंकमा रहेको खातामा भएको रकमको स्रोत श्रीमानको नाममा भएको जग्गा बेचेको, बुबा तथा साथीभाइबाट जम्मा गरेको रकम भैसेपाटिमा रहेको घर, विराटनगरमा रहेको घर र जग्गा बेचेर आएको स्रोत समेत देखाई बयान गरेकी थिइन्।

तर बयानको प्रमाण समेत नपुगेको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। राणाले ऋण सापटी मागेकोले कुमारी बैंक खाताको चेकबाट १५ लाख रुपैयाँ रकम जम्मा गरिदिएको बताएकी थिइन्।

साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट ५९ लाख घर कर्जाको रकम राखेको बताएकी छिन्। तृप्ति राणाले होम लोन सहित गरेर ५ करोड ७५ लाख १५ हजार हजार ६५३ रुपैयाँ उक्त बैंकमा देखिएको रकमको खर्चको हिसाब वस्तुनिष्ठ रुपमा राणाले पेस गर्न नसकेको र खातामा हाल मौज्दात रकम  ७२८  मात्र देखिनुले भुक्तानी उपकरणको माध्यमबाट बाहेक अन्य माध्यमबाट रकम स्थानान्तरणको कार्य गरेको देखिन्छ अभियोग पत्रमा उल्लेख गरिएको छ।

तर, १७ लाख रुपैयाँ मात्रको बिगो देखाई मुद्दा चलाइएको छ।