काठमाडौं। नेपाल टेलिकमले गोरखासँग जोडिएको तिब्बती नाकातर्फ आधा दर्जन क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ।
टेलिकमले मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग र चुमनुब्री गाँउपालिकाका विभिन्न स्थानमा मोबाइल सेवा विस्तार गरेको हो।
स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल हुने ती क्षेत्रमा ग्राहकको माग अनुसार भ्वाइस र डाटा सेवा विस्तार गरेको टेलिकमले जनाएको छ।
कम्पनीका अनुसार चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुङ, स्योका साथै चीनको सिमानामा पर्ने साम्दो गाउँमा टु जी र फोर जी सेवा सञ्चालनमा ल्याइएको छ।
यसैगरी ल्हो, सामागाउँ, गमलाडाँडा क्षेत्रमा टु जी सेवाको गुणस्तर सुधारका साथै फोर जी सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ।