नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा फाइनान्स, २३ अर्ब ४३ करोडको कारोबार



बिजमाण्डू
२०८१ साउन ३० गते १५:२४ | Aug 14, 2024
नेप्से परिसूचक ३४.२९ अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा फाइनान्स, २३ अर्ब ४३ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले उकालो लागेको छ। ७३ अंकको उतारचढावका बीच नेप्से अन्तिममा ३४.२९ अंकले उकालो लागेको हो।

Tata
GBIME
Zonsen

बजार खुलेको सवा घण्टामा २८८४ अंकमा ओर्लिएको नेप्से अन्तिममा २९५७.७५ विन्दु कायम भएको छ। जीवन बीमा, लघुवित्त र म्युचुअल फण्डबाहेकका उपसमूहले नेप्से बढाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.६७ प्रतिशतले बढेको छ।

बजारमा ३३२ कम्पनीको कारोबार भएकामा १५६ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ११ कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ। सर्किट लागेका कम्पनीमध्ये ४ वटा फाइनान्स हुन्।

७९ कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। सबैभन्दा धेरै गुमाउनेमा मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ता छन्। यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा २३ अर्ब ४३ करोडको सेयर किनबेच भएको छ। कारोबार धेरै हुने कम्पनीको सूचीमा हिमालयन रि-इन्स्योरेन्स छ। यो कम्पनीको ८६ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।