पर्सामा गैरकानुनी रूपमा भित्र्याइएका कपडा, खाद्यान्न र मोबाइल पाटर्स बरामद

बिजमाण्डू
२०८१ साउन ३० गते ०८:२१ | Aug 14, 2024
पर्सामा गैरकानुनी रूपमा भित्र्याइएका कपडा, खाद्यान्न र मोबाइल पाटर्स बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर भित्र्याइएका ८ लाख ५८ हजार ५२० रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस लगायत सामान बरामद गरेको छ।

Tata
GBIME

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मंगलबार वीरगंज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिए।

प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएका सामान बरामद गरेको थियो।

सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्र्वाटरले ३४ करोड २७ लाख ७८ हजार २३३ रुपैयाँ मूल्यका बिलबिजक नभएका सामान बरामद गरेको थियो।