सिप्रदी र यात्रीको जोइन्ट भेन्चर कम्पनीले थाल्यो इलेक्ट्रिक स्कुटरको डिजाइनको प्रक्रिया



बिजमाण्डू
२०८१ साउन २९ गते १३:०९ | Aug 13, 2024
सिप्रदी र यात्रीको जोइन्ट भेन्चर कम्पनीले थाल्यो इलेक्ट्रिक स्कुटरको डिजाइनको प्रक्रिया

काठमाडौं। सिप्रदी र यात्रीको जोइन्ट भेन्चर कम्पनीले इलेक्ट्रिक स्कुटरको डिजाइन बनाउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले प्रोजेक्ट पी २ नाम दिएर स्कुटरको डिजाइनको काम थालेको हो।

Tata
GBIME
Zonsen

यात्रीले डिजाइनमा सहयोगका लागि इन्जिनियरहरुसँग आवेदन मागेको छ। जोइन्ट भेन्चर कम्पनीमा यात्रीले डिजाइनको जिम्मा लिएको छ।

डिजाइन तयार गर्न ४ देखि ५ महिना लाग्ने कम्पनी सञ्चालकहरुले बताएका छन्। डिजाइन तयार भएपछि इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु हुनेछ।

सिप्रदी ट्रेडिङ र यात्रीबीच डेढ महिनाअघि मिलेर इलेक्ट्रिक स्कुटर बनाउने सम्झौता भएको थियो।

डिजाइन र प्राविधिक पाटो यात्रीले हेर्ने तथा उत्पादन र बजारीकरणको काम सिप्रदीले गर्ने गरी सम्झौता भए अनुसार डिजाइन तयार भएपछि इलेक्ट्रिक स्कुटरको उत्पादन सुरु गर्ने सिप्रद्री ट्रेडिङले जनाएको छ। ६ महिनाभित्र उत्पादनको चरणमा जाने कम्पनीको तयारी छ।

यात्रीले यसअघि इलेक्ट्रिक बाइक उत्पादन र बिक्री गर्दै आएपनि बजारमा आफ्नो उपस्थिति बढाउन सकेको थिएन। जसका कारण उसले सिप्रदी ट्रेडिङसँग मिलेर संयुक्त कम्पनी खडा गरेको हो।