किम्ची रेस्टुरेन्टको प्रशोधित पानीमा भेटियो किरा, काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना

बिजमाण्डू
२०८१ साउन २७ गते २०:०० | Aug 11, 2024
किम्ची रेस्टुरेन्टको प्रशोधित पानीमा भेटियो किरा, काठमाडौं महानगरले तिरायो २ लाख जरिवाना

काठमाडौं। अनामनगरस्थित किम्ची रेस्टुरेन्टलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ। प्रशोधित पानीमा किरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई जरिवाना तिराएको हो।

Tata
GBIME
NLIC

महानगरपालिकाले शुक्रबार रेस्टुरेन्टमा राखेको कार्यक्रममा सिल गरेको पानीको बोटलभित्र किरा फेला परेको थियो। स्थानीय विवाद निरुपण सम्बन्धी कार्यक्रममा महानगर उपप्रमुख सुनीता डंगोल पनि उपस्थित थिइन्।

कार्यक्रम चलिरहँदा वडा-११ की सदस्य यशोमति परियारले सिल गरेको बोटलको पानी गिलासमा खन्याउन खोज्दा किरा देखिएको थियो। उनले उपप्रमुख डंगोललाई बोटल देखाएकी थिइन्।

त्यसपछि कार्यक्रम नै स्थगित भएको थियो। डंगोलले किरा परेको दूषित पानी विक्री गरेको भन्दै रेस्टुरेन्टलाई कारबाही गर्न निर्देशन दिएकी थिइन्।