स्टक क्लियरेन्स गर्न ५ लाख रुपैयाँ घटाइयो ओरा इभीको मूल्य, अब कति पर्छ ?



बिजमाण्डू
२०८१ साउन २५ गते १७:०५ | Aug 9, 2024
स्टक क्लियरेन्स गर्न ५ लाख रुपैयाँ घटाइयो ओरा इभीको मूल्य, अब कति पर्छ ?

काठमाडौं। ओरा जेरो थ्रीको मूल्य ५ लाख रुपैयाँ घटेको छ। ग्रेटवाल मोटर्सको ओरा जेरो थ्री बिक्री गर्ने भिजी इम्पेक्सले गाडीको स्टक क्लियरेन्स गर्न शुक्रबार मूल्य घटाएको हो।

Tata
GBIME
Zonsen

कम्पनीले यसअघि ४७ लाख ४९ हजारमा बिक्री गर्दै आइरहेको गाडीको मूल्य ५ लाख घटाएर ४२ लाख ४९ हजार रुपैयाँ कायम गरेको छ। सरकारले बजेटमार्फत इभीमा कर बढाएपछि अन्य कम्पनीले भाउ बढाएकामा ओरा इभीको भने मूल्य घटाइएको हो।

कम्पनीका मार्केटिङ हेड पंकज यादवले बजारमा अन्य इभीसँग प्रतिस्पर्धा गर्न भाउ घटाएको बताए। ‘मूल्य घटाउन हामीले उत्पादक कम्पनीसँग नेगोसिएसन गरेका थियौं। नेपाली इभी मार्केटमा भइरहेको प्राइसिङलाई मध्यनजर गर्दै उत्पादक कम्पनीले मूल्यमा नेगोसिएसन गरेकाले हामीले घटाएका हौं,’ उनले भने।

यादवका अनुसार घटाइएको मूल्य २०२३ को मोडलमा लागू हुनेछ। मूल्यका कारण ओराले नेपाली बजारमा अन्य इभीसँग प्रतिस्पर्धा गर्न सकेको थिएन।