तरलता व्यवस्थापन गर्न प्रणालीबाट थप ४० अर्ब तान्दै राष्ट्र बैंक, २१ दिन राख्ने



बिजमाण्डू
२०८१ साउन २३ गते १४:३४ | Aug 7, 2024
तरलता व्यवस्थापन गर्न प्रणालीबाट थप ४० अर्ब तान्दै राष्ट्र बैंक, २१ दिन राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्न लागेको छ।

Tata
GBIME
Zonsen

राष्ट्र बैंकले बोलकबोल उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ खिच्न लागेको हो।

यसका लागि बैंक तथा वित्तीय संस्था बुधबार अपराह्न ३ बजेसम्म प्रस्ताव पेस गर्नुपर्नेछ। यसअघि बोलकबोलमार्फत खिचेको ३७ अर्ब ६० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।