उबरले आफ्नो सेवामा १ लाख युनिट बीवाइडी कार सामेल गर्ने, दुई कम्पनीबबीच यस्तो सम्झौता



बिजमाण्डू
२०८१ साउन २२ गते २०:२३ | Aug 6, 2024
उबरले आफ्नो सेवामा १ लाख युनिट बीवाइडी कार सामेल गर्ने, दुई कम्पनीबबीच यस्तो सम्झौता

काठमाडौं। चर्चित राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाइडी कार सामेल गर्ने भएको छ। यस सम्बन्धमा उबरले बीवाइडीसँग सम्झौता गरेको छ।

Tata
GBIME
Zonsen

सम्झौता अनुसार सेवा युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुनेछ। उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबीच सम्झौता भएको बीवाइडीले जनाएको छ।

दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधि विकास गर्ने र उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाइडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौता भएको पनि जनाइएको छ।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ।