चौधरी ग्रुपको आइएसपी सिजी कम्युनिकेसन्सले ८ महिनामा गर्‍यो ३६ करोड ३० लाखको व्यापार



बिजमाण्डू
२०८१ साउन २ गते ०९:०४ | Jul 17, 2024
चौधरी ग्रुपको आइएसपी सिजी कम्युनिकेसन्सले ८ महिनामा गर्‍यो ३६ करोड ३० लाखको व्यापार

काठमाडौं। चौधरी समूहको इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेसन्सले ८ महिनामा ३६ करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ।

Tata
GBIME
Zonsen

कम्पनीले सन् २०२३/२४ को ८ महिनामा उक्त कारोबार गरेको हो। जबकि अघिल्लो वर्ष २०२२/२३ मा कम्पनीले ३८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।

यस्तै, सन् २०२१/२२ मा १५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीले ३ वर्षअघिदेखि फाइबर इन्टरनेट बिक्री थालेको थियो। फाइबर इन्टरनेटसँगै कम्पनीले आइपीटिभी पनि बिक्री गर्छ।

दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार कम्पनीका फाइबर इन्टरनेट ग्राहक करिब ७० हजार छन्। कम्पनीको अध्यक्ष निर्वाण चौधरी हुन्।

कम्पनीले २ अर्ब ५० करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। १४ करोड ८२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र २ अर्ब ३५ करोड १८ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ इक्रा नेपालबाट पुन: पुष्टि पाएको छ।