सेयर बजारमा सामान्य सुधार, नेप्से ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोडको कारोबार

बिजमाण्डू
२०८१ असार १० गते १५:२५ | Jun 24, 2024
सेयर बजारमा सामान्य सुधार, नेप्से ३.२१ अंकले बढ्दा ५ अर्ब ७ करोडको कारोबार

काठमाडौं। सेयर बजार सामान्य अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा पुगेको छ।१३ मध्ये ७ उपसमूह घटेको छ भने ६ उपसमूह बढेको छ।

Tata
GBIME
NLIC

बैंकिङ, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, निर्जीवन र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

सबैभन्दा धेरै फाइनान्स कम्पनीको उपसूचक २.११ प्रतिशतले बढेको छ। विकास बैंकको १.५६ र लघुवित्तको १.३६ प्रतिशतले सूचक वृद्धि भएको छ।

कारोबारमा आएका ३२२ मध्ये १४२ कम्पनीका लगानीकर्ताले कमाएका छन्। २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत बढीले कमाएका छन्। मकर जितुमाया सुरी हाइड्रोपावर ७.२१ प्रतिशतले बढेको छ।

९४ कम्पनीको सेयर मूल्य घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ७.०१ प्रतिशतले गुमाएका छन्।

५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदा सर्वाधिक मेरो माइक्रोफाइनान्सको २४ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ४१ लाख, पोखरा फाइनान्सको १६ करोड १७ लाख, माउन्टेन इनर्जीको १४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि आइतबार नेप्से ५.३७ अंकले घटेर बजार २०६४.९४ विन्दुमा रहँदा ४ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको कारोबार भएको थियो।