काठमाडौं। सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ विन्दु कायम भएको हो।
फाइनान्स र म्युचुअल फन्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्। होटल तथा पर्यटन उपसमूहको परिपसूचक सर्वाधिक ०.९१ प्रतिशतले घटेको छ।
कारोबारमा आएका ३०६ मध्ये १८६ कम्पनीको सेयर भाउ घटेको छ। कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.२८ प्रतिशतले गुमाएका छन्।
५२ कम्पनीको सेयर मूल्य बढेको छ। कालिका लघुवित्तका लगानीकर्ताले सर्वाधिक ७.७१ प्रतिशतले कमाएका छन्।
बजारमा ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएकामा माउन्टेन इनर्जी नेपालको सर्वाधिक १७ करोड १४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।