सिप्रदी ट्रेडिङले बढायो टियागो इभीको मूल्य, १ लाख रुपैयाँ वृद्धि, तत्काल किन्नेलाई पुरानै मूल्यमा



बिजमाण्डू
२०८१ असार ३ गते १७:१८ | Jun 17, 2024
सिप्रदी ट्रेडिङले बढायो टियागो इभीको मूल्य, १ लाख रुपैयाँ वृद्धि, तत्काल किन्नेलाई पुरानै मूल्यमा

काठमाडौं। टाटा मोटर्सको टियागो इभीको मूल्य बढेको छ। सरकारले बजेटमार्फत कर बढाएको कारण देखाउँदै टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मूल्य १ लाख रुपैयाँ बढाएको हो।

Tata
GBIME
Zonsen

बजेटमार्फत अढाइ देखि ३ लाख रुपैयाँ मूल्य बढ्ने गरी कर बढाइए पनि ग्राहकलाई पर्न जाने भारलाई मध्यनजर गर्दै टाटा मोटर्ससँगको सहकार्यमा मूल्य न्यून रुपमा मात्र बढाएको कम्पनीले जनाएको छ।

कम्पनीले सोमबार परिमार्जित मूल्य सार्वजनिक गरेको छ। अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हजार रुपैयाँ कायम भएको छ।

कम्पनीले अहिले टियागो इभी किन्न चाहने ग्राहकलाई भने बजेटअगाडिको मूल्यमा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार टियागो इभी नेपाली बजारमा २ हजारभन्दा बढी बिक्री भइसकेको छ।