६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ, घरबाट ४८ लाख रुपैयाँ बरामद

बिजमाण्डू
२०८१ असार ३ गते १२:४८ | Jun 17, 2024
६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ, घरबाट ४८ लाख रुपैयाँ बरामद
फाइल फोटो।

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘काठमाडौंबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआइबीले जनाएको छ। रासस