सर्बियालाई हराउँदै इङ्ग्ल्याण्डको विजयी सुरुवात, स्लोभानिया र डेनमार्क बराबरीमा रोकिए

बिजमाण्डू
२०८१ असार ३ गते ०७:१० | Jun 17, 2024
सर्बियालाई हराउँदै इङ्ग्ल्याण्डको विजयी सुरुवात, स्लोभानिया र डेनमार्क बराबरीमा रोकिए
प्रतिस्पर्धामा डेनमार्क र स्लोभानियाका खेलाडी। तस्बिर: रोयटर्स

यूएईएफए युरो कपमा इङ्ग्ल्याण्डले विजयी सुरुवात गरेको छ। गएराति सम्पन्‍न समूह ‘सी’ को खेलमा सर्वियामाथि १-० गोलको जित निकाल्दै इङ्ग्ल्याण्डले आफ्नो पहिलो खेलमै जित निकालेको हो।

Tata
GBIME
NLIC

जर्मनीमा जारी प्रतियोगितामा सर्बियालाई हराउन इङ्ग्ल्याण्डका लागि निर्णायक गोल ज्युड बेलिङ्घमले गरे। उनले खेलको १३ औँ मिनेटमा हेडरमार्फत उत्कृष्ट गोल गरे। दोस्रो हाफमा इङ्ग्ल्याण्ड केही राम्रा अवसरमा चुकेको थियो।

गएराति नै सम्पन्‍न यही समूहको अर्को खेलमा डेनमार्क र स्लोभानिया १-१ गोलको बराबरीमा रोकिए। जर्मनीको एमएचपी एरेना स्टेडियममा डेनमार्कले खेलमा अग्रता बनाएको थियो। डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले १७ औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० ले पछिपरेको स्लोभानियाले दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो। खेलको ७७ औँ मिनेटमा एरिक जान्जाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

खेलमा अधिकांश समय हाबी भए पनि डेनमार्कले गोल थप्न सकेन। योसँगै समूह ‘सी’ मा इङ्ग्ल्याण्ड ३ अंकसहित शीर्ष स्थानमा रहँदा समान १ अंक बनाएका डेनमार्क र स्लोभानिया दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै अंकविहीन सर्बिया तालिकाको पुछारमा छ।