२० वर्ष पुराना गाडीको दर्ता खारेजी जरिवानामा ८० प्रतिशत छुट दिने बाग्मती सरकारको घोषणा

बिजमाण्डू
२०८१ असार १ गते २१:१८ | Jun 15, 2024
२० वर्ष पुराना गाडीको दर्ता खारेजी जरिवानामा ८० प्रतिशत छुट दिने बाग्मती सरकारको घोषणा
फाइल फोटो

काठमाडौं। बाग्मती प्रदेशले २० वर्ष नाघेका सार्वजनिक सवारी साधन धनीले दर्ता खारेजी गर्दा नवीकरण र सवारी कर पुस मसान्तसम्म बुझाए जरिवानामा ८० प्रतिशत छुट दिने भएको छ। 

Tata
GBIME

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले छुट घोषण गरेका हुन्। २० वर्ष नाघेका जुनसुकै गाडी धनीहरूले दर्ता खारेज गराउने प्रयोजनार्थ बाँकी तिर्नुपर्ने सवारी कर र नवीकरण दस्तुर २०८१ पुस मसान्तसम्म बुझाएमा जरिवाना छुटको व्यवस्था गरिएको हो। 

बजेट वक्तव्यमा भनिएको छ, ‘प्रदेशभित्र दर्ता भई २० वर्ष वा सोभन्दा बढी अवधि पूरा भएका सार्वजनिक सवारी साधनका धनीले आफ्नो सवारी साधनको दर्ता खारेज गराउने प्रयोजनार्थ २०८१ पुस मसान्तसम्म २० वर्ष अवधि सम्मको तिर्न बुझाउन बाँकी सवारी साधन कर र नवीकरण दस्तुर बुझाएमा जरिवानामा ८० प्रतिशत छुट हुनेछ।’