युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, १५% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

बिजमाण्डू
२०८१ जेठ ३१ गते १८:०७ | Jun 13, 2024
युनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, १५% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्सले १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहिबार भएको विशेष साधारण सभाले हकप्रद सेयर जारी गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब १० करोड छ। १५ प्रतिशत हकप्रद सेयर जारीपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म चुक्ता पुँजी अढाइ अर्ब पुर्‍याउन यसअघि नै निर्देशन दिइसकेको छ।

विशेष साधारण सभाले कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अुनपात बमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।

सभामा सेयरधनीहरुलाई कम्पनीको वित्तीय अवस्थाबारे जानकारी गराइएको थियो। कम्पनीले यो आर्थिक वर्ष जेठ २९ सम्म अर्ब ३६ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको छ।