कृषि सामग्री लिमिटेडले ३० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि खुलायो ठेक्का 

बिजमाण्डू
२०८१ जेठ २९ गते १४:१९ | Jun 11, 2024
कृषि सामग्री लिमिटेडले ३० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि खुलायो ठेक्का 

काठमाडौं। कृषि सामग्री लिमिटेडले ३० हजार मेट्रिक टन डीएपी मल खरिदका लागि ठेक्का आह्वान गरेको छ। कम्पनीले आज ठेक्का आह्वान गरेको हो।

Tata
GBIME

कम्पनीले डीएपी ३० हजार मेट्रिक टन मल ‘इ बिडिङ’ मार्फत खरिद गर्न लागेको हो। बोलपत्रदाताहरुले जुलाई २६ सम्म कृषि सामग्री कम्पनीमा आवेदन दिइसक्नुपर्नेछ।

चालु आर्थिक वर्षका लागि रासायनिक मल पर्याप्त रहेको हुनाले उक्त मल आगामी आर्थिक वर्षको गहुँ बालीका लागि खरिद गर्न लागेको कृषि सामग्री कम्पनीले जनाएको छ।

हाल कम्पनीमा ९८ हजार ६२९ मेट्रिकभन्दा बढी मल मौज्दात छ। यस बाहेक एक लाख ४० मेट्रिक टनभन्दा बढी खरिद भएर नेपाल भित्रिने तयारीमा रहेको कृषि मन्त्रालयले जनाएको छ।