नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई गर्‍यो सम्मान, ३५ जनाले पाए ‘नेसनल रत्न अवार्ड’

बिजमाण्डू
२०८१ जेठ २८ गते १८:३७ | Jun 10, 2024
नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई गर्‍यो सम्मान, ३५ जनाले पाए ‘नेसनल रत्न अवार्ड’
नेसनल लाइफ इन्स्योरेन्सका अभिकर्ता सम्मानपछि

काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई सम्मान गरेको छ। इन्स्योरेन्सले काठमाडौंमा एक कार्यक्रम गरी बागमती प्रदेशका ३५ अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीले उनीहरुलाई ‘नेसनल रत्न अवार्ड’ दिएको छ।

Tata
GBIME
NLIC

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अवार्ड प्रदान गरे। उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री एवं व्यावसायिक बनाउन थप लगानी गर्दै गइरहेको बताए।

कार्यक्रममा अभिकर्ताहरुलाई कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले उत्प्रेरणा तालिम दिएका थिए। कम्पनीले यसअघि कोशी र मधेश प्रदेशका अभिकर्तालाई सम्मान गरेको थियो।