रोकिएको छैन ‘गिफ्ट’को नाममा ठग्ने शैली, सचेत नहुँदा अझै ठगकै बिगबिगी

बिजमाण्डू
२०८१ जेठ २८ गते ११:०७ | Jun 10, 2024
रोकिएको छैन ‘गिफ्ट’को नाममा ठग्ने शैली, सचेत नहुँदा अझै ठगकै बिगबिगी
Photo : Money Control

काठमाडौं । सामाजिक सञ्जालमा जोडिएर साथी बनाइ ‘गिफ्ट’ पठाउँछु भन्दै रकम ठगी गर्ने क्रम अझै रोकिएको छैन। उपहार पाउने आशमा ठगिन सक्ने भन्दै प्रहरी र सामाजिक सञ्जालमा सतर्कता अपनाउन सूचना सम्प्रेषण भए पनि अझै यस्तो प्रकृतिको ठगी कम भएको छैन।

Tata
GBIME
NLIC

काठमाडौंदेखि देशका अन्य जिल्लामा यसरी मानिस ठगिन जारी रहेको प्रहरीले जनाएको छ। उपहार पाउने आशामा १ लाखदेखि १० लाखसम्म रकम ठगिने गरेको छ।

प्रहरीको सक्रियतामा यस प्रकारका मुद्दामा केही मानिस पक्राउ पनि पर्छन्। तर, ठगीको शैली न त फेरिएको छ न त पीडित नै कम भएका छन्।

केही दिनअघि ज्ञानबहादुर लामालाई विमल नेपाली भन्नेले यसरी नै ठगेका थिए। जीमेल एकाउन्ट मार्फत ‘गिफ्ट’ पाउने भएपछि ज्ञानबहादुरले रकम बुझाएका थिए।

५ लाखको गिफ्ट आउँछ भनेपछि उनले गरिमा विकास बैंकको खाता नम्बरमा पटक पटक गरेर २ लाख ६४ हजार रुपैयाँ डिपोजिट गरेका थिए। तर, अन्तिम सामान नेपालको विमानस्थल भन्सार कार्यालयमा रोकिएकाले पुनः केही रकम हाल्नु पर्ने भने पछिमात्रै उनी प्रहरी कहाँ पुगेका थिए।

त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले सो ठगीमा संलग्न स्याङ्जा घर भएका विमल नेपालीलाई पक्राउ गरेको छ। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।