लक्ष्मी इक्विटी फण्ड परिपक्व, १२ करोड ५० लाख इकाईको सूचीकरण नेप्सेले गर्‍यो खारेज

बिजमाण्डू
२०८१ जेठ २७ गते २०:०२ | Jun 9, 2024
लक्ष्मी इक्विटी फण्ड परिपक्व, १२ करोड ५० लाख इकाईको  सूचीकरण नेप्सेले गर्‍यो खारेज

काठमाडौं। लक्ष्मी इक्विटी फण्डको सूचीकरण खारेज भएको छ। आइतबारको कारोबारपछि परिपक्व भएकाले लक्ष्मी इक्विटी फण्डको सूचीकरण खारेज गरिएको नेप्सेले जनाएको छ।

Tata
GBIME

फण्ड अन्तर्गतको प्रति इकाई अंकित मूल्य १० दरको १२ करोड ५० लाख इकाई परिपक्व भएको हो।

लक्ष्मी सनराइज क्यापिटल (साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड) योजना व्यवस्थापक र डिपोजिटरी रहेको लक्ष्मी इक्विटी म्युचुअल फण्ड हो।