सरकारको २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ब्याजदर कति ?

बिजमाण्डू
२०८१ जेठ २७ गते १९:५९ | Jun 9, 2024
सरकारको २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत, ब्याजदर कति ?

काठमाडौं। सरकारको २ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निष्कासन गरेको ८ वर्षे र ६ वर्षे विकास ऋणपत्र नेप्सेमा आइतबार सूचीकृत गरिएको हो।

Tata
GBIME
NLIC

५ अर्ब रुपैयाँको विकास ऋण पत्रको ८ वर्ष अवधि छ। गत वैशाख २० गते निष्कासन गरिएको यसको ब्याजदर ५.३९ प्रतिशत छ। भुक्तानी अवधि २०८९ वैशाखसम्म छ।

त्यस्तै, १० अर्बको विकास ऋणपत्रको अवधि ६ वर्ष छ। जेठ ७ गते निष्कासन गरिएको यसको ब्याजदर ५.१७ प्रतिशत छ।

यो ऋणपत्रको भुक्तानी अवधि २०८७ जेठ ७ गतेसम्म छ।