
काठमाडौं। बीएमडब्लुको नयाँ विद्युतीय गाडी आईएक्स१ नेपाली बजारमा भित्रिएको छ। बीएमडब्लुको आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटोर्सले सो गाडी नेपाल ल्याएको हो।
कम्पनीले ल्याएको उक्त गाडी प्रमियम सेग्मेन्टमा ‘स्पोर्ट्स एक्टिभिटी भेहिकल’ हो। यसमा ई ड्राइभ२० छ जसले ‘कम्बाइन पावर कन्जम्सन’ गर्ने कम्पनीले जनाएको छ।
१७.२-१५.४ किलोवाट आवरमा १०० किलोमिटर दुरि यो गाडीले पार गर्न सक्ने कम्पनीको दाबी छ। यस्तै, १५० किलोवाट क्षमताको मोटर पनि यसमा छ जसले २०४ हर्सपावर प्रदान गर्छ।
यसमा भएको ६४.७८ किलोवाट आवरको ब्याट्रीले एक पटकको फुल चार्जमा ४३० देखि ४७५ किलोमिटर दूरी तय गर्न सक्छ। ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्ने यो गाडी फुल चार्ज हुन साढे ६ घण्टा लाग्छ। थ्री फेज लाइनका लागि २२ किलोवाट क्षमताको गाडी पनि उपलब्ध छ जसले ३.५ घन्टामा फुल चार्ज हुन्छ।
यो गाडीको मूल्य १ करोड ४९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।