तमोर करिडोरका सडक र पुल अलपत्र पार्ने ५ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी

बिजमाण्डू
२०८१ जेठ २ गते १०:१५ | May 15, 2024
तमोर करिडोरका सडक र पुल अलपत्र पार्ने ५ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी

काठमाडौं। तमोर करिडोर सडक योजनाले सडक र पुल निर्माण अलपत्र पार्ने ५ वटा कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ। योजनाले बुधबार सूचना जारी गर्दै सडक र पुल निर्माण अलपत्र पारेको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको हो।

Tata
GBIME
Nepal Life

जसमा गौरी पार्वती-प्रतिष्ठा जेभी, कन्टेक प्रालि र सपना-याक्थुम्हाङ जेभीसहित ५ वटा निर्माण कम्पनी छन्। यी कम्पनीहरुले उक्त योजनामा पर्ने ४ वटा आयोजनाको पुल तथा सडक निर्माण अलपत्र पारेका छन्।

योजनाले ती कम्पनीहरुलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि ठेक्का तोड्न लागिएको जनाएको छ। साथै योजनाले ७ दिनभित्र कार्यलयमा तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकेको कारण पेस गर्न निर्देशन दिएको छ। अन्यथा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने चेतावनी समेत योजनाले दिएको छ।