वालिङ उद्योग वाणिज्य संघको टोली विराटनगरमा, मोरङ उद्योग व्यापार संघले गर्‍यो स्वागत

बिजमाण्डू
२०८१ जेठ १ गते १७:१२ | May 14, 2024
वालिङ उद्योग वाणिज्य संघको टोली विराटनगरमा, मोरङ उद्योग व्यापार संघले गर्‍यो स्वागत
वालिङ उद्योग वाणिज्य संघको टोली विराटनगरमा

विराटनगर। वालिङ उद्योग वाणिज्य संघको टोली विराटनगर गएको छ। अध्यक्ष चेतनारायण श्रेष्ठसहित संघका कार्यसमितिका सदस्य विराटनगर गएका हुन्।

Tata
GBIME
Nepal Life

संघको टोलीलाई मंगलबार मोरङ उद्योग व्यापार संघले स्वागत गरेको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल लगायतले स्वागत गरेका हुन्।

उनीहरुबीच उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याबारे छलफल भएको थियो।