काठमाडौं । सरकारले टेलिभिजन तथा एफ.एम. र इन्टरनेट सेवाप्रदायकलाई गाभ्न प्रोत्साहन गर्ने भएको छ।
आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले टेलिभिजन तथा एफ.एम. र इन्टरनेट सेवाप्रदायकलाई एक आपसमा गाभिन, हक हस्तान्तरण गर्न तथा स्थानान्तरण हुन प्रोत्साहित गरिने नीति रहेको बताएका हुन्।
यस्तै, सरकारले अत्याधुनिक, गुणस्तरीय र प्रतिस्पर्धी मुद्रणको व्यवस्था गरि अन्तःशुल्क स्टिकर, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र, राहदानीजस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाउने नीति लिएको छ।
यस्तै, हुलाक सेवालाई पुनःसंरचना गरि चुस्त, प्रभावकारी र सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्ध गर्ने सरकारको योजना छ ।