काठमाडौं। सरकारले फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर हुने घोषणा गरेको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर हुने घोषणा गरेको हो।
यस्तै पशुपन्छी तथा माछामा २ वर्षभित्र आत्मनिर्भर हुने भनिएको छ। सरकारले पशुपन्छी तथा माछामा २ वर्षभित्र आत्मनिर्भर हुने भनेको ५ वर्ष नाघिसकेको छ।
घोषणा गर्ने तथा काम नगर्ने प्रवृत्तिका कारण माग धान्नका लागि आयात गर्नुपर्ने बाध्यता छ। सरकारले कृषि उपजको उत्पादन बढाउन आगामी वर्ष १५ हजार ५ सय हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा विस्तार गर्ने बताएको छ।