काठमाडौं। एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनका लागि लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
इन्स्योरेन्सले १६औं वार्षिक साधारण सभाले पारित गरेअनुसार हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा सोमबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरे।
नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन दिएको निर्देशनबमोजिम इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएको हो। हकप्रद सेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुग्नेछ।