ब्याजदर घट्दा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, २४.३९ अंकले बढ्यो नेप्से

बिजमाण्डू
२०८१ बैशाख ३१ गते १५:२७ | May 13, 2024
ब्याजदर घट्दा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण, २४.३९ अंकले बढ्यो नेप्से

काठमाडौं। सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ। जेठका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका कारण ती कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। १९ वटै बैंकको सेयर भाउ बढेको छ। बैंकहरुमध्ये कुमारीको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले उकालो लागेको छ।

कारोबारमा आएका ३२० मध्ये १४८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डू हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका हुन्।

८५ कम्पनीको सेयर मूल्य भने घटेको छ। सीवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ५.६५ प्रतिशतले गुमाएका छन्।

३ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै ३० करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।