८ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा दुई वटाले बढाए, कुनको कति ?

बिजमाण्डू
२०८१ बैशाख ३१ गते १०:२३ | May 13, 2024
८ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा दुई वटाले बढाए, कुनको कति ?

काठमाडौं। वाणिज्य बैंकहरूले औसत ०.०८ प्रतिशत विन्दुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। २०८१ वैशाखमा ७.१४ प्रतिशत रहेको मुद्दति निक्षेपको औसत ब्याजदर ०.०८ प्रतिशतले घटेर जेठका लागि ७.०६ प्रतिशतमा झरेको हो।

Tata
GBIME
NLIC

जेठ १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार संचालनमा रहेका २० मध्ये ८ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

एनआईसी एशिया र ग्लोबल आइएमई बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन्। ९ वाणिज्य बैंकले भने जेठमा ब्याजदर स्थिर राखेका छन्। कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरिसकेको छैन।

जेठका लागि हिमालयन, प्रभु, कुमारी, माछापुच्छ्रे, लक्ष्मी सनराइज, स्टान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दति निक्षेपको ब्याजदर यथावथ नै राखेका छन्।

चालु आर्थिक वर्षमा बैंकहरूले अपेक्षाजनक रुपमा कर्जा बढाउन सकेका छैनन्। जसले गर्दा तरलता थुप्रिएर पछिल्लो केही महिनायता बैंकहरूले निरन्तर निक्षेपको ब्याजदर घटाउँदै आइरहेका हुन्।

घटेको निक्षेपको ब्याजदरले लागत घट्न गई कर्जा समेत सस्तिने देखिन्छ। यो वर्षको अन्तमा पनि कर्जा उल्लेख्य रुपमा बढ्न सक्ने सम्भावना नहुँदा आगामी समयमा थप ब्याजदर घट्ने देखिन्छ।

क्र.सं.बैंक२०८१ जेठ२०८१ वैशाख२०८० चैत२०८० फागुन
प्राइम कमर्सियल७.१७.३५७.४
माछापुच्छ्रे७.२५७.३५७.७५
नेपाल एसबिआइ६.३९५.५३७.०१८.१
कुमारी७.२६७.३५७.५१८.०१
कृषि विकास बैंक५.५५५.५५५.४४
प्रभु७.५०७.५७.५
सानिमा६.९०७.१७.३५७.५१
एनएमबि७.८०७.९७८.५
लक्ष्मी सनराइज७.५
१०एनआइसी एसिया७.८०७.७५८.५४
११राष्ट्रिय वाणिज्य बैंक७.४०५.५५७.३५
१३नबिल बैंक७.७५७.३५७.३५७.७५
१३ग्लोबल आइएमई७.५०७.५७.५
१४स्ट्यान्डर्ड चार्टर्ड७.३५
१५नेपाल बैंक६.७५५.७५७.३५
१५एभरेष्ट६.५०५.५
१७नेपाल इन्भेष्टमेन्ट
१८सिटिजन्स्७.५७.७५८.३५
१९सिद्धार्थ७.३५७.५
३०हिमालयन७.५०७.५७.५८.१५
औसत७.०६७.१४७.३५८.१५