कपडामा लेप गरेर ल्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ

बिजमाण्डू
२०८१ बैशाख ३१ गते ०८:१७ | May 13, 2024
कपडामा लेप गरेर ल्याइएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ
फाइल फोटो।

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन्। आइतबार राति कपडामा लेप गरेर ल्याइएको सुनसहित प्रहरीले २ जनालाई पक्राउ गरको हो।

Tata
GBIME
NLIC

पक्राउ पर्नेहरूमा भारतको कर्नाटकका सुरेश कुमार र मोहन कुमार पक्राउ रहेका छन्। उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

उनीहरू दुबईबाट त्रिभुवन विमानस्थल उत्रिएका थिए। उनीहरूले ४ वटा कपडामा सुन लेप गरेर ल्याएका थिए।

उनीहरूको साथबाट बरामद भएको सुनको परिमाण भने खुलिसकेको छैन। प्रहरीले सुनको परिमाण पत्ता लगाउन नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको छ। सुन कपडामा लिक्विड (तरल) अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।