१३ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा दुई वटाले बढाए, कुनको कति ?

बिजमाण्डू
२०८० चैत्र ३० गते ०९:०० | Apr 12, 2024
१३ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाउँदा दुई वटाले बढाए, कुनको कति ?

काठमाडौं। वाणिज्य बैंकहरूले औसत ०.१८ प्रतिशत विन्दुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। २०८० चैतमा ७.२५ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर ०.१८ प्रतिशतले घटेर वैशाखका लागि ७.०७ प्रतिशतमा झरेको हो।

Tata
GBIME
NLIC

वैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार सञ्‍चालनमा रहेका २० मध्ये १३ बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। एभरेष्ट बैंक र एनएमबि बैंकले भने निक्षेपको ब्याजदर बढाएका छन्। पाँच वाणिज्य बैंकले भने चैतमा ब्याजदर स्थिर राखेका छन्।

वैशाखको लागि कृषि विकास बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक र हिमालयल बैंकले मुद्दती निक्षेपको ब्याजदर यथावथ नै राखेका छन्। चैतमा निक्षेपको ब्याजदर बढाएको एनआइसी एशिया बैंकले वैशाखमा भने घटाएको छ।

चैतमा अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदानको पैसा बैंकहरूलाई निक्षेपमा गणना गर्न नदिने निर्णय गरेको थियो। त्यसले बैंकबाट झन्डै ९० अर्ब रुपैयाँ निक्षेप घटेको थियो। जसकारण वैशाखमा बैंकहरूले निक्षेपको ब्याजदर थोरै मात्रै घटाएको देखिन्छ।

बैंकवैशाखकाे ब्याजदर (प्रतिशतमा)चैतकाे ब्याजदर (प्रतिशतमा)फागुनकाे ब्याजदर (प्रतिशतमा)
प्राइम कमर्सियल७.१७.२५७.४
माछापुच्छ्रे७.२५७.७५
नेपाल एसबिआइ६.५३७.०१८.१
कुमारी७.२६७.५१८.०१
कृषि विकास बैंक५.६६५.६६६.४४
प्रभु७.५७.५
सानिमा७.१७.२५७.५१
एनएमबि७.९७८.५
लक्ष्मी सनराइज७.५
एनआइसी एसिया७.७५८.५४
राष्ट्रिय वाणिज्य बैंक६.५५७.३५
नबिल बैंक७.२५७.२५७.७५
ग्लोबल आइएमई७.६७.६
स्ट्यान्डर्ड चार्टर्ड७.३५
नेपाल बैंक६.७५७.2५
एभरेष्ट६.५
नेपाल इन्भेष्टमेन्ट
सिटिजन्स्७.५७.७५८.2५
सिद्धार्थ७.२५७.५
हिमालयन७.५७.५८.१५
औसत७‍‍‍‌.०७७‍.२५८.१६