सुनको घूस प्रकरणमा जोडिएका केसी दोषी ठहर, दुई वर्ष कैद र ८ लाख जरिवाना

बिजमाण्डू
२०८० चैत्र २० गते २१:१९ | Apr 2, 2024
सुनको घूस प्रकरणमा जोडिएका केसी दोषी ठहर, दुई वर्ष कैद र ८ लाख जरिवाना

काठमाडौं। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ। घूस मुद्दामा केसी दोषी ठहर भएका हुन्।

Tata
GBIME
NLIC

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले मंगलबार केसीलाई दोषी ठहर गरेको हो। अदालतले उनलाई दुई वर्ष कैद र साढे ८ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ।

२०७९ मंसिर २५ गते प्रहरीको टोलीले केसीलाई नियन्त्रणमा लिएको थियो। केसीको निवास खानतलासीमा सुन तथा नगद बरामद भएको थियो। केसीको क्वाटरमा छापा मार्दा ८ लाख ५० हजार रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ। यस्तै ९ लाख ५० हजार रुपैयाँको चेक समेत बरामद भएको थियो।

घूस रिसवत लिएको तथा लिन लगाएको कसुरमा अख्तियारले भदौ १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।