काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभाले सबै एजेन्डा पारित गरेको छ। बैंकको ३७औं वार्षिक साधारण सभाले सञ्चालकहरुको निर्वाचन गर्ने बाहेक सबै एजेन्डा पारित गरेको हो।
नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जरपछि यो पहिलो साधारण सभा हो। यी दुई बैंकबीच मर्जर भइ २०७९ पुस २७ गते एकीकृत कारोबार सुरु भएको थियो। मर्जर पश्चात् बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ छ।
बैंकले गत आर्थिक वर्ष ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
सञ्चालकहरूको निर्वाचन भने सर्वाेच्च अदालतको निर्णय अनुसार हाललाई स्थगित गरिएको बैंकले जनाएको छ।