बाग्मतीमा कांग्रेसले छाडेका मन्त्रालय एमाले र हानेपाबीच बाँडफाँट, एमालेबाट थपिए ४ मन्त्री

बिजमाण्डू
२०८० चैत्र २० गते १९:०१ | Apr 2, 2024
बाग्मतीमा कांग्रेसले छाडेका मन्त्रालय एमाले र हानेपाबीच बाँडफाँट, एमालेबाट थपिए ४ मन्त्री
मन्त्रीहरुलाई शपथ गराइँदै। तस्वीर : रासस

काठमाडौं। बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। तेस्रो पटक विश्वासको मत लिएको भोलिपल्ट मंगलबार जम्कट्टेलले एमालेका केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मन्त्री बनाएका हुन्।

Tata
GBIME
Nepal Life

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन्। पोखरेललाई वन तथा वातावरण, रामेश्वरलाई स्वास्थ्य, एकालाललाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाशलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

जम्कट्टेलले विश्वासको मत पाएपछि यसअघि नेकपा एकीकृत समाजवादीकी रमा आले मगरलाई मन्त्री बनाएका थिए। कांग्रेसले छाडेका ६ मन्त्रालयमध्ये पाँच वटा एमालेले पाएको छ। यसअघि चैत १७ गते एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए।

संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा भने हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री भइसकेका छन्।