मोरङमा १२ किलो चाँदीसहित युवक समातिए, बयानपछि थप साढे ५ किलो भेटियो

बिजमाण्डू
२०८० चैत्र २० गते ११:२५ | Apr 2, 2024
मोरङमा १२ किलो चाँदीसहित युवक समातिए, बयानपछि थप साढे ५ किलो भेटियो

काठमाडौं । अवैध रुपमा ल्याएको १८ किलो चाँदी सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

मोरङ बेलबारी नगरपालिका-७ बाहुनीबाट सशस्त्र प्रहरीले ८ लाख ७४ हजार ५५२ रुपैयाँ पर्ने चाँदीको तयारी गरगहनासहित एकजनालाई नियन्त्रणमा लिएको हो।

कानेपोखरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई १७ किलो ९६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको हो। प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार उनले लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा १२ किलो २११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो।

त्यसपछि खत्रीसँग बयान लिए पछि उनको घरबाट थप ५ किलो ७४९ ग्राम चाँदी बरामद गरेको हो।

प्रहरीले आवश्यक कारबाहीको लागि चाँदी सहित खत्रीलाई विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको छ।