काठमाडौं। सर्वाधिक उच्चको रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार सामान्य गिरावट छ। सुनको कारोबार मूल्य प्रति तोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अघिल्लो दिनका तुलनामा ४ सय रुपैयाँ घटेको हो। सोमबार प्रति तोला १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो। आइतबार तोलाको १ लाख ३० हजार रुपैयाँमा स्थिर थियो। अघिल्लो दिनका तुलनामा २ हजार १ सय रुपैयाँको बढोत्तरीसँगै शुक्रबार उक्त मूल्यमा आइपुगेको थियो।
साताको दोस्रो दिन त्यसमा १ हजार ६ सय बढेर कारोबार मूल्य कायम भएको हो। बिहीबार कारोबार मूल्य प्रति तोला १ लाख २७ हजार ९ सय रुपैयाँ थियो।
चाँदी तोलाको १५ सय ४५ रुपैयाँ भएको छ। यो अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँको बढोत्तरी हो। सोमबार तोलाको १५ सय ३५ रुपैयाँ थियो। गत शुक्रबार कायम तोलाको १५ सय २५ रुपैयाँमा आइतबार स्थिर थियो। गत बिहीबार १५ सय १० रुपैयाँ थियो। चालु महिनाको प्रारम्भमा चाँदी तोलाको १५ सय १५ रुपैयाँ थियो। बीचमा घट्दा १४ सय ९० रुपैयाँबाट मूल्य तल गएको छैन।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस २२५३.८४ डलरले कारोबार भइरहेको छ। यो अघिल्लो दिनका तुलनामा घटेको हो। सोमबार प्रति औंस २२६०.०७ डलर पुगेको थियो। यसअघि शुक्रबार चलेको प्रति औंस २२३२.७५ डलरमा आइतबारसम्म स्थिर रहेर कारोबार भएको थियो। बिहीबार २१९५.११ डलर थियो।
चाँदी प्रति औंस २५.३२ डलर छ। सोमबार २५.१९ डलरले कारोबार भएको थियो। यसअघि शुक्रबार कायम २४.९५ डलरमा आइतबारसम्म कारोबार भइरहेको थियो। बिहीबार २४.६५, बुधबार २४.४३ र मंगलबार २४.६४ डलरले कारोबार भएको थियो।