व्यापार बढ्दा होटल बाराहीले ६ महिनामै गर्‍यो साढे २३ करोड रुपैयाँभन्दा बढीको कारोबार



बिजमाण्डू
२०८० चैत्र २० गते १०:०६ | Apr 2, 2024
व्यापार बढ्दा होटल बाराहीले ६ महिनामै गर्‍यो साढे २३ करोड रुपैयाँभन्दा बढीको कारोबार

काठमाडौं। होटल बाराही प्रालिले सन् २०२३/२४ को ६ महिनामा २३ करोड ६२ लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२२/२३ मा होटलले २२ करोड ८६ लाख रुपैयाँको कारोबार गरेको थियो।

Tata
GBIME
Zonsen

होटलले सन् २०२१/२२ मा ११ करोड ७४ लाख रुपैयाँ र २०२०/२१ मा १ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले पोखरा लेकसाइड र ठमेलमा चारतारे होटल सञ्चालन गरिरहेको छ।

ठमेलमा निर्माण भएको नयाँ प्रोपर्टी ९ तलाको छ। जसलाई बाराही प्लाजा भनिन्छ। प्लाजाको पहिलो तीन तलामा सपिङ मल छ। सपिङ मल बाराही हाउजिङ एण्ड लिजिङ प्रालिले सञ्चालन गरिरहेको छ। जसको ७० प्रतिशत स्वामित्व होटल बाराही प्रालिसँगै छ।

कम्पनीले ९४ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट एनपी एलबी प्लस रेटिङ पुन: पुष्टि गराएको छ। होटल बाराहीको स्वामित्व हरिप्रसाद पौडेल र उनको परिवारसँग छ।