ग्लोबल आइएमई बैंकद्वारा ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्रालिसँग समझदारी



बिजमाण्डू
२०८० चैत्र २० गते ०९:४० | Apr 2, 2024
ग्लोबल आइएमई बैंकद्वारा ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्रालिसँग समझदारी

काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

Tata
GBIME
Zonsen

समझदारीपछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नेछ। समझदारीले वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढी सेवा केन्द्र रहेका छन्।